Copy Url

अर्जेन्टिनी स्टाईकर मेसीको नाममा ६ सय गोल

अर्जेन्टिनी स्टाईकर मेसीको नाममा ६ सय गोल

याम्पियन्स लिग फुटबल अन्र्तगत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुल विरुद्ध शानदार जित हात पारेको छ । दुई क्लबबीच गएराति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा शानदार जित निकाल्दै बार्साले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो । बार्साको जितमा लियोनल मेसीले २ तथा लुईस स्वरेजले १ गोल गरे । खेलको २६ औं मिनेटमा स्वरेजको गोलबाट अग्रता बनाएको बार्साका लागि मेसिले दुबै गोल दोस्रो हाफमा गरेका थिए ।

उनले खेलको ७५ र ८२ औं मिनेटमा गोल गर्दै टोलीको जित फराकिलो पारेका थिए । खेलमा बल पोजिसनमा आफ्नो पकड बनाएपनि लिभरपुलले पाएका अवसरको सदुपयोग गर्न सकेन् । स्टाईकर महम्मद सालेहले २ वटा राम्रा अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा मे ७ मा हुनेछ । यसैबीच, बार्सिलोनाका अर्जेन्टिनी स्टाईकर लियोनल मेसीले क्लबका लागि ६ सय गोल पूरा गरेका छन् । सन् २००५ बाट बार्सामा आबद्ध मेसीले १४ वर्षमा क्लबका लागि ६ सयौं गोल पूरा गरेका हुन् ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com