ताजा समाचार

एटिएम फुटाउने दुई पक्राउ

महानगरीय प्रहरी वृत्त कमलपोखरीले इन्भेष्टमेन्ट बैंकको एटिएम फुटाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले काठमाडौं महानगरपालिका–९ ल्होत्से चोकस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा साेमबार दिउँसो पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा उदयपुरका अशोक पुरी र काभ्रेपलाञ्चोकका सोनाम गुरुङ रहेका छन् ।  पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न पक्राउ

विराटनगर महानगरपालिका क्षेत्रबाट विभिन्न समयमा चोरी भएका पाँच थान मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी साेमबार जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–६ का घर भई विराटनगर–४ बस्ने विजयकुमार यादव, वुर्जु गाउँपालिका घर भई विराटनगर–५ वरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् । प्रहरीले को ३५ प ९७६३, को२५प ५२५१, को २८ प ४९७४, को ३५ प ३१२० र नम्बर प्लेट बिनाको पार्टपुर्जा खोलिएको एक थान मोटरसाइकल पनि बरामद गरेको छ ।

विजयकुमार यादव स्थानीय एक कलेजमा एमबिबिएसका विद्यार्थी हुन् भने चौधरी एक सञ्चारमाध्यममा कार्यरत पत्रकार रहेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । पक्राउ परेकालाई मुलकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुरअन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान थालिएको छ

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com