गणपति माइक्रोफाइनान्सले वैशाख ९ देखि बिक्री गर्ने भयो आइपीओ, ३ लाख ३५ हजार कित्ता खुल्दै

गणपति माइक्रोफाइनान्सले वैशाख ९ देखि बिक्री गर्ने भयो आइपीओ, ३ लाख ३५ हजार कित्ता खुल्दै

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ वैशाख ९ गतेबाट खुल्ने भएको छ ।  गणपतिले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ३५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम १५ सय कित्तासम्म भर्न पाउनेछन् । यस आइपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने जेठ ७ गतेसम्म भर्न सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

 

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल तथा गणपति माइक्रोफाइनान्स केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ । आइपीओबाट प्राप्त हुने पुँजी पशुपालन, खुद्रा व्यापार र सेवा कर्जा र साना तथा घरेलु कर्जामा लगनी गर्नेछ ।
 

गणपतिले जारी पुँजीको ३२.३% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीको प्रतिसेयर आम्दानी यस आवमा २४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६४ पैसा पुग्ने अनुमान गरिएको छ । यस्तै, आव २०७६।७७ मा भने प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४५ पैसा र नेटवर्थ १४१ रुपैयाँ ९३ पैसा पुग्ने प्रक्षेपण गरेको छ  । आव २०७७।७८ मा प्रतिसेयर आम्दानी बढेर ३६ रुपैयाँ ६० पैसा र नेटवर्थ १७८ रुपैयाँ ५३ पैसा पुग्ने अनुमान छ ।

 

गणपतिले २०७५ फागुन मसान्तसम्ममा विभिन्न जिल्लामा २८ वटा शाखा कार्यालयमार्फत १३ हजार ८५८ सदस्यलाई वित्तीय सेवा पुर्याइरहेको छ । यसले फागुन मसान्तसम्म १९ करोड ५८ लाख ९० हजार रुपैयाँ बचत संकलन गरी ७४ करोड ७६ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

गणपतिले २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोबार सुर गरेको हो । यसको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीको केन्द्रीय कार्यालय सुक्लागण्डकी नगरपालिका–३ दुलेगैडा, तनहुँमा रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम १५ सय कित्तासम्म भर्न पाउनेछन् । यस आइपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने जेठ ७ गतेसम्म भर्न सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।   लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल तथा गणपति माइक्रोफाइनान्स केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ । आइपीओबाट प्राप्त हुने पुँजी पशुपालन, खुद्रा व्यापार र सेवा कर्जा र साना तथा घरेलु कर्जामा लगनी गर्नेछ ।

गणपतिले २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोबार सुर गरेको हो । यसको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीको केन्द्रीय कार्यालय सुक्लागण्डकी नगरपालिका–३ दुलेगैडा, तनहुँमा रहेको छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com