ताजा समाचार

दुईपोखरीमा नमूना उद्धार अभ्यास

मध्यपुर थिमि–४ दुईपोखरीमा शनिबार नमूना उद्धार अभ्यास गरेको छ । मध्यपुर थिमि नगरपालिका, वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल २२ नम्बर गणलगायतको सहकार्यमा विपद् व्यवस्थापन न्यूनीकरण तथा उद्धारको तयारीको लागि दुईपोखरीमा डुङ्गामार्फत उद्धारको नमूना प्रर्दशन गरेको हो । 

वर्षौंदेखि चउरमा परिणत ऐतिहासिक दुईपोखरी मध्यपुर थिमि नगरपालिकाले पुनर्निर्माण गरेको छ। दुईपोखरी मध्ये एउटा पोखरीले पुनर्जीवन पाएको छ भने, अर्को पोखरी नयाँ आर्थिकवर्षको सुरुवातसँगै पुनर्निर्माण थालिने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
गतवर्षको वर्षात्मा भक्तपुर डुबानका क्रममा विपद् व्यवस्थापन तथा उद्धार सामग्री नहुँदा भोग्नु परेको समस्यालाई मध्यनजर गरी स्थानीय व्यवसायीहरूको सहयोगमा करिब २० लाख रुपैयाँमा उद्धार सामग्री खरिद गरेको छ।

उक्त उद्धार सामग्री वीर दल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलको संयोजकत्वमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण गरी भण्डारण गरेको छ।
भण्डारण केन्द्रमा विशेषगरी आगलागी, भूकम्प, बाढीपहिरोका समयमा उद्धार तथा विपद् व्यवस्थापनका सामग्रीहरू डुङ्गा, स्टेचर, क्लाइम्बिङ, रोप, फायर बुट, फायर पञ्जा, रिफ्लेक्टिभ ज्याकेट, इमरजेन्सी लाइटलगायत छ।
त्यस्तै, लाइभ ब्वाईरिङ, बन्चरो, हेम्बर, रेस्क्यू ग्लोभ्स, ल्याडर, रोटरी ह्याम्बर, रोटरी रेस्क्यु, उड सर्कुलर, पावर वायर रोललगायत स्टोर छन्।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com