नयाँ वर्ष लागेपछि नेप्से दिनहुँ नयाँ उचाईमा, कारोबार पनि अर्ब नाघ्यो

नयाँ वर्ष लागेपछि नेप्से दिनहुँ नयाँ उचाईमा, कारोबार पनि अर्ब नाघ्यो

गत चैतको अन्तिम साताबाटै बढ्न थालेको शेयरबजार नयाँ वर्ष २०७६ लागेयता दैनिक नयाँ उचाई लिईरहेको छ। चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनेक्रम जारी रहँदा दैनिक कारोबारमा समेत उल्लेखीय बढोत्तरी आउन थालेको छ ।

विशेष गरी वाणिज्य बैंकहरुका नाफा सम्बन्धीका सूचनाहरु बाहिरिँदा कारोबार समेत उछाल आएको छ। जसले गर्दा एकैदिन अर्ब बढीको कारोबार हुन थालेको छ ।

आइतबार नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० विन्दुमा पुगेको छ । १७१ कम्पनीका ३३ लाख २७ हजार कित्ता शेयर १ अर्ब २ करोड ४ लाख रुपैयाँमा खरिद विक्री भए ।

आइतबार कारोबारमा आएका १० उपसूचक मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा उपसमूहको सूचक नकारात्मक भएका छन् । यस दिनको बजारलाई बैंकिङ्ग समुहले उचालेको छ ।

बैंकिङ्ग समुहको सूचक ४५.९४ अंकले बढेको छ। यस्तै होटल समुहको सूचक ३४.८, विकास बैंक समुहको सूचक १६.९७, जलविद्युत समुहको ८.८७, फाइनान्स समुहको २.१३, लघुवित्त समुहको २६.९१ र जीबन बीमा समुहको सूचक २२.२५ अंकले बढेका छन्।

बढेको बजारमा पनि निर्जीबन बीमा समुह र उत्पादन समुहको सूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूहको ११.९२ अंक र र्निजीवन बीमा समूहको सूचक ७.२२ अंकले ओरालो लागेका छन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाले राम्रो प्रतिफल सहितको वित्तीय विवरण सार्वजनीक गर्न थाले पछि शेयर बजारमा उछाल आएको हो । बजारमा नाफा सम्बन्धीका सूचनाहरु बाहिरिएको समेत आँकलन गरिएको छ ।

आइतबार नेपाल बैंकको शेयर कारोबार सबै भन्दा धेरै भएको छ। बैंकको ४ लाख ७९ हजार ६६६ कित्ता शेयर १४ करोड ८० लाख रुपैयाँ बराबरमा किनबेच भयो । त्यसैगरी एनआईसी एशिया बैंक र एनसिसि बैंकको चार करोड भन्दा धेरै रकम बराबरको शेयर कारोबार भएको छ। 

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com