नेपाल एग्रो लघुवित्तको वैशाख ८ देखि आइपीओ खुल्ने

नेपाल एग्रो लघुवित्तको वैशाख ८ देखि आइपीओ खुल्ने

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले वैशाख ८ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । नेपाल एग्रोले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यस आइपीओमा न्यूनतम १० कित्ता अर्थात् १ हजार रुपैयाँदेखि अधिकतम ८ सय कित्ता वा ८० हजार रुपैयाँ सम्मको आवेदन दिन सकिने छ ।

यो आइपीओमा वैशाख ११ गते सम्म आवेदन दिन सकिन्छ । यस समयमा सबै बिक्री नभएमा भने जेठ ६ गतेसम्म पनि भर्न बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । नेपाल एग्रोको केन्द्रीय कार्यालय पोखरा, बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौं र सी–आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट यो आइपीओमा आवेदन दिन सकिन्छ । 

 

नेपाल एग्रो लघुवित्तले जारी पुँजीको ३२.५०% अर्थात १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसको केन्द्रीय कार्यालय पोखरामा रहेको छ ।

राष्ट्र बैंकले यो लघुवित्तलाई २०७३ असोज ४ गते सञ्चालन अनुमति दिएको थियो । हाल यसको चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँ छ । कम्पनीले कास्की, पर्वत, प्युठान, बाग्लुङ, गुल्मी, रोल्पा, तनहुँ, सल्यान, पाल्पा र लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com