नेप्सेमा ६ अंकको वृद्धि, कारोबार रकम बढ्यो

नेप्सेमा ६ अंकको वृद्धि, कारोबार रकम बढ्यो

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ दशमलव ४३ अंकले बढेर १ हजार १ सय ४९ दशमलव ९९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ४५ अंकले बढेर २ सय ४४ दशलमव ८१ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७१ कम्पनीको १२ लाख ६५ हजार ६६२ कित्ता शेयर खरिदबिक्री भई ३५ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार ८ करोड ६२ लाख ४ हजार रुपैयाँले बढेको छ ।

यस दिन सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । जसको कारोबार आज २ करोड २० लाख ७८ हजार रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ५ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको छ । जसको शेयर मुल्य आज १ हजार ६ सय ६४ रुपैयाँ रहेको छ ।

साथै सर्वा्िधक गुमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ९ दशमलव ८७ प्रतिशतले घटेको छ । जसको आज शेयर मूल्य १४६ रुपैयाँ रहेको छ ।

यस दिन १० वटा उपपरिसुचकहरुमा २ वटा समूह मात्र घटेको छ भने ८ वटा समूह बढेका छन् ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com