ताजा समाचार

पुँजीगत लाभकर गणना विवाद मिलेपछि लगानीकर्ता संगठनको यस्तो आयो विज्ञप्ति

भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना विवाद समाधान भएको भन्दै लगानीकर्ताका संगठनहरुले प्रसन्ता व्यक्त गरेका छन् । लगानीकर्ताका पाँच वटा संगठनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी यसक्रममा सहयोग गर्ने सबैलाई उनीहरुले धन्यवाद दिएका छन् । अर्थ मन्त्रालयका राजस्व सचिवको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले २०५८ सालदेखि २०७६ असार मसान्तसम्मको मूल्यलाई औसत लागत कायम गरी आधार मूल्य (लागत मूल्य) कायम गर्ने सहमति भएको हो ।

भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना विधि प्रयोगमा ल्याइए पनि कट अफ डेट नतोकिएकाले समस्या परेको थियो । अब यस समयलाई आधार मानेर औसत आधार तथा लागत निकालिने भएपछि पुँजी बजारमा देखिएको समस्या समाधान भएको छ ।

अब धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले यसलाई अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ । बुधबारको बैठकमा अर्थ मन्त्रालय सहित, धितोपत्र बोर्ड, आन्तरिक राजस्व विभाग, लगानीकर्ताका संगठन, ब्रोकर एसोसिएसन, नेप्से तथा सीडीएससीका प्रतिनिधिहरु सहभागी थिए । 

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com