ताजा समाचार

बाफलमा युवकको हत्या, साथी फरार

काठमाडौंको बाफलमा पुलमुनी एक युवकको शव फेला परेको छ । चक्रपथ सडकको पुलमुनी अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो । फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुई/तीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन् ।

घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ ।

युवकको पेट क्षतविक्षत हुनेगरी काटिएको र घाँटी तथा कम्मर समेत धारिलो हतियार प्रहार गरेको भए पनि मुख प्रष्ट देखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com