ताजा समाचार

नेपाल पुंजिवजार लगानिकर्ता संघद्वारा हावाहुरी पीडितलाई राहत वितरण

२०७५ चैत्र १७ गते साँझ आएको बिनाशकारी हावा हुरीका कारण बारा र पर्साका हावाहुरी पीडितहरुलाई नेपाल पुंजिवजार लगानिकर्ता संघबाट सहयोग गरेको छ।

संघका अध्यक्ष राधा पोखरेलले मध्य तराईको बारा र पर्सामा प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एक प्रेस जारी गरेर आपतकालीन राहत कोषमार्फत सबै मिलेर राहत कार्यमा जुटन सहयोग गर्ने बताएको छ।साथै, रकम सहयोग गर्नुहुने दाताहरूले संघको तपसिलमा उल्लेख भएको बचत खातामा रकम जम्मा गर्नुहुन समेत बताएको छ ।

बैकको नाम: NIC AISA BANK

खाताको प्रकार: बचत खाता

खातावालाको नाम: नेपाल पुंजिवजार लगानिकर्ता संघ

खाता न. ३२४१०५२०२९७५२४०१,कमलदि शाखा

संघले हावाहुरी प्रभावित क्षेत्र चैनपुर, शिवपुर, रामटोलमा राहत वितरण गरेको छ । जिल्ला समन्वय समितिको समन्वयमा संघले राहत वितरण गरेको अध्यक्ष पोखरेलले बताइन । संघले ३० बोरा चामल, ३ बोरा दाल, ३ बोरा चिउरा, १ बोरा नुन, ५० केजी दालमोठ लगायत सामाग्री वितरण गरेको उनको भनाई छ ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com