ताजा समाचार

भक्तपुर हत्याकाण्ड : प्रेमिसँग मिलेर आफ्नै आमाको हत्या

भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलासा भएको छ । महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न भएको आरोपमा छोरीसहित चारजनालाई सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई सार्वजनिक गरेको हो । आमाको हत्या योजना छोरी ईश्वरीले नै बनाएकी थिइन् । 

महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार मोहम्मद नैसाद ईश्वरी भट्टराईको प्रेमी भएको खुलेको छ । ईश्वरी विवाहित हुन् । उनका श्रीमान् विमानस्थल क्षेत्रमा होटलमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ईश्वरी र मोहम्मद नैसादबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो । थापाले भने, ‘‘ईश्वरीले बीचमा मोहम्मदलाई विदेश पठाउन एक लाख सहयोग गरेको पनि देखियो ।” 

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com