ताजा समाचार

मार्जिन कारोबारका लागि ३१ कम्पनीको शेयरमात्र योग्य , बाणिज्य बैंक ११ वटा

मार्जिन कारोबारका लागि हाल सूचीकृत कम्पनीहरु मध्य ३१ कम्पनीको मात्र शेयर योग्य रहेको छ । नेप्सेले आइतबार मार्जिन कारोबारका लागि योग्य धितोपत्रहरुको सूचीमा ३१ कम्पनीको नाम सार्वजनिक गरेको हो ।

हाल नेप्सेमा २२१ कम्पनीहरु सूचीकृत छन् । नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा ११ वटा मात्र वाणिज्य बैंक रहेका छन् । त्यस्तै, ६ विकास बैंक , ९ लघुवित्त कम्पनी , तीन जलविद्युत, एक होटल्स र एक अन्य कम्पनी रहेका छन् ।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तिमा १० हजार शेयरनधी भएको , खुद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको , पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दश प्रतिशत लाभांश वितरण गरेको , दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको , आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको शेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम रहेका कम्पनीहरुको शेयर आर्थिक वर्ष २०७५/७६ का लागि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जारी गरेको सुचनामा उल्लेख छ ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com