ताजा समाचार

मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) को दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयरमा बोलपत्र खुला भएको छ । कम्पनीले जेठ ७ गतेदेखि १४ गतेसम्म आवेदन गर्न पाउने गरि उक्त शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

जेठ ६ गते सोमबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ६०८ रुपैयाँ कारोबार भएको छ । लिलामीमा न्यूनतम एक सय रुपैयाँ अंकित मूल्यबाटै लिलामी भर्न पाउने भएपनि दोस्रो बजारको दश देखि १५ प्रतिशत मुनि मात्रै कटअफ मूल्य यसअघिका लिलामीमा निर्धारण हुँदै आएकाले त्यसतर्फ ध्यान जान आवश्यक देखिन्छ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, वाग्लुङ्ग, बुटबल मिलनचोक, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट जेठ १४ गते मंगलबारसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

यसरी बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्म माग गर्न सकिनेछ ।

माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको थियो। सो हकप्रद बैशाख १७ गते बाँडफाँड गर्दा बिक्री नभएको सो परिमाणमा शेयर लिलामीमा आएको हो।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com