ताजा समाचार

लगानीकर्तालाई आइपीओ, हकप्रद र लिलामी सेयर भर्न आयो अवसर

सेयर लगानीकर्तालाई यो हप्ता ५ वटा लघुवित्त कम्पनीको सेयर भर्ने मौका रहेको छ । दुई कम्पनीको लिलामी तथा एउटाको हकप्रद सेयर भर्न पाइनेछ । यसैगरी, दुई कम्पनीको आइपीओ पनि यही खुल्दैछ । लगानीकर्ताले कुल ३९ लाख २४ हजार ११४.६९ कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।

जस अनुसार उन्नति माइक्रोफाइनान्सले बिहीबारदेखि संस्थापक र सर्वसाधारणको गरी कुल ८ हजार ९५९ सेयर लिलामी खुला गर्दैछ । यस्तै, मिथिला लघुवित्तको लिलामी सेयरमा पनि शुक्रबारसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, कमलादी काठमाडौं तथा मिथिला लघुवित्तको केन्द्रीय कार्यालय ढल्केबर धनुसाबाट आवेदन दिन सकिनेछ ।

यस्तै, बैंक अफ काठमान्डूका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ ।

यता, स्वाभिमान र जनसेवी लघुवित्तले पनि शुक्रबारदेखि नै आइपीओ बिक्री खुला गर्नेछन् । ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद सेयरमा पनि शुक्रबारदेखि नै आवेदन दिन सकिनेछ । यी सबै सेयर सी–आस्वाको माध्यमबाट भर्न सकिनेछ ।

स्रोत : नेपालि पैसा डट कम

WP Facebook Auto Publish Powered By : XYZScripts.com