सरकारले पीडित परिवारलाई सहयोग गर्छ : प्रधानमन्त्री ओली

सरकारले पीडित परिवारलाई सहयोग गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा हावाहुरीका कारण जनधनको क्षति ब्यवहोरेका पीडित परिवारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन् । आज बिहान गृहजिल्ला झापास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा दमक नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले स्थलगत अवलोकनपछि पीडितलाई आवश्यक सहयोग सरकारले गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले हावाहुरीको क्षतिबाट आफू मर्माहित भएको बताए । प्राकृतिक विपत्ती भएकाले यसका पीडितलाई सहयोग गर्न सबै पक्षलाई उनले आग्रह समेत गरेका छन् ।

घटनालगत्तै सरकारले पीडितको उद्दार तथा राहतमा खटिन आफ्ना सबै संयन्त्र परिचालन गरिसकेकाले थप गर्नुपर्ने कार्यहरु पनि गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाएका छन् ।

बारा र पर्सामा हावाहुरीबाट भएको क्षति पछिको अवस्थामा खटिन पार्टीका नेता कार्यकर्ता र संघसंस्थालाई पनि प्रधानमन्त्रीले आब्हान गरेका छन् । उनले हावाहुरीले भत्किएका घरहरु बनाउनेतर्फ संघीय सरकारले कदम चाल्ने बताए ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com