ताजा समाचार

सिद्धार्थ इन्सुरेन्सको १५.४८% बोनस दिने घोषणा, कर तिर्ने जिम्मा सेयरधनीलाई

सिद्धार्थ इन्सुरेन्सले १५.४८% बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ८६ करोड ५९ लाख १८ हजार ३५० रुपैयाँ चुक्ता पुँजीमा १५.४८% बोनस दिने निर्णय गरेको हो । सिद्धार्थले बोनस सेयर वितरणमा १३ करोड ४० लाख ८१ हजार ६५० रुपैयाँ खर्च गर्नेछ ।

बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयर बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ । बोनस वितरणपछि सिद्धार्थको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।


सिद्धार्थले विगतमा दिएको लाभांश :

स्रोत : नेपालि पैसा डट कम

WP Facebook Auto Publish Powered By : XYZScripts.com