ताजा समाचार

सेयर बजार मा महिला लगानीकर्ताको सुरुवात- मेरो अनुभव

आज भन्दा करिब ५/६ बर्ष अगाडि सेयरको बारेमा खुब मैले सुनेको थिए । तर के हो सेयर , कसरी मैले सेयर लिन सक्छु । येस्को बारेमा बिस्तृत रुपमा कसरी मैले अझै थाहा पाउन सक्छु भन्ने बारेमा अन्योलमा थिए । यसै बिच नया ठाउमा काम गर्ने सिलसिलामा कम्पनीका हाकिमबाट सेयर बारे केही जानकारी लिने मौका पाए । सेयरबाट पैसा आउँछ भन्ने बित्तिकै लगानी गर्न मन लागि हाल्यो । पैसा भने पछि भगवान शिव को त तिन नेत्र खुल्छ भने हामी त झन मानव जाती परिम, लोभ नलाग्ने त कुरै भएन । बजार बारे मलाइ याद भए अनुसार तेति बेला सेयर सन्सार ले मात्रै सेयर बारे अन्लाईन न्युज दिने गर्थ्यो भने मेरो लगानी अनलाइन न्युज भर्खर मात्र खुलेको थियो । सेयर सन्सार मा आएको न्युज र बजार सम्बन्धि आफ्नो कार्यलयमा आउने पत्रीका मार्फत अझै सेयर बारे बुझ्ने थप मौका पाएको थिए । तर भनिन्छ नि पढेर भन्दा परेर जानिन्छ । तेति बेला अहिले जस्तो सेयर तालीम वा सेयर बारे अन्तर्कृया कार्यक्रम भन्ने बारे खासै थाहा थिएन वा भएन भनुम ।

       अहिले जस्तो तेति बेला मै लगानीकर्ता मै बिश्लेशक, मै प्रशिक्षक भन्ने हुदैन थियो , तेति बेला सेयर बजारका अनुभवी व्यक्तिले मात्रै बजार बिश्लेशन गर्ने गर्दथे । सेयर ट्रेनिङ्ग भनेर सेयर सन्सार ले सेयर शिक्षा दिएको थियो भने बजार बिश्लेशक भनेर चिनिने रबिन्द्र भट्टराई जि ले पनि सेयर शिक्षा दिने गर्दथे । सेयर बजारमा महिला लगानीकर्ता को सुरुवातको बारेमा बताउनु पर्दा सायद यहि बैन्किङ्ग वा बितिय क्षेत्रमा काम गरेका महिलाहरुबाट भएको हुनुपर्द्छ वा मानौ व्यापारी व्यवसायीका श्रीमतीहरु जो पहिले नै सेयर बजारबारे जान्कार थिए । यसरी सेयरमा बजारमा महिला लगानिकर्ताहरु को सुरुवात पनि त्यही बाट भएको अनुमान लगाउन सकिन्छ । तर यकिन को साथ बजारमा लगानी गर्ने पहिलो महिला लगानीकर्ता को हो, ती महिलाको पहिलो लगानी के कति भन्ने जस्तो प्रश्न अर्को तिर तेसै उठ्ने गरेको पनि छ। महिलाहरुलाई पैसा को मामिला वा हिसाबवारीमा खुब तेज मानिन्छ । यसै सन्दर्भमा एक जना सर को कुरा याद आयो , उहाँले खुब ठट्यौली पारामा सुनाउनु हुन्थ्यो… “बरु पैसा माग्नेलाई दिनु तर आफ्नी श्रीमती(महिला)लाई फिटिक्कै नदिनु किनभने मैले उसलाई पटक पटक उक्त पैसाको हिसाब मागे भने उस्ले हरेक पटक नया माथी नया हिसाब थपेर उल्टै मलाइ तिर्ने बनाइ दिन्छे” ।

               मलाइ अझै पनि याद छ म पहिलो पटक ब्रोकर कार्यलय जादा त्यहा जम्मा २ जना महिला लगानीकर्ताहरु थिए बाकी सब पुरुष लगानीकर्ता । ती दुई महिला लगानीकर्ताहरु पनि अन्योलमै सेयर किनबेच गरि रहेका थिए । बडो ताजुबको साथ म ती महिलाहरुलाई मैले नियालिरहे । तेति बेला अहिले जस्तो घरमै अन्लाईन को माध्यमबाट सेयर को आइपियो भर्ने व्यवस्था थिएन , तेति बेला त फलानो ठाउँ बाट सेयर भर्न पाइन्छ भने पछि बिहान दस बजे भन्दा अगाडि नै लाइन बसिन्थ्यो … समय मै पुगे त ठिक थियो नत्र त दिनभर बाटोमा आफ्नो पालो कुर्नु पर्थ्यो । कहिले त बैन्किङ्ग समय सके पश्चात् फेरि भोलीपल्ट लाइन बस्नु पर्थ्यो । राइट र बोनस लिन स्वयम् आफै लगानीकर्ता वा मन्जुरीनामा लिएर जानू पर्थ्यो यस्ले गर्दा तेति बेला महिला लगानीकर्ताहरुको हकमा पक्कै पनि असहज भएको थियो होला । तर हाल यो सबै अनलाइन बाट पाउन सकिन्छ । पहिला जस्तो सेयर प्रमाणपत्रहरु थन्काएर वा गनेर बस्ने दिन नभएकोले पनि हाल डिम्याट ले सजिलो स्थान पाएको अनुभुती दिलाएको छ। म करिब ४/५ वटा ब्रोकर कार्यलयहरु गएर त्याहा को स्थिति बारे बुझ्ने कोशिश नगरेको पनि हैन …

तेति बेला “जस्को हातमा माल उसैको सुरताल” भनिन्थ्यो तेस्ले गर्दा पनि महिला लगानिकर्ता हरुलाई एकै पटक वा ठूलो रकम नभई कारोबार गर्न पनि निकै असहज हुने गर्थ्यो ।

               तर अहिले समय परिवर्तन भएको छ । महिलाहरु खर्च घटाएर उक्त खर्च को स्थान हाल सेयर बजारलाई दिने गरेका छन , हाल महिलाहरु घरको काम मात्र नभई आफ्नो कामकाजी वा व्यस्त समयमा पनि सेयर प्रती रुचि राखेको अनुभव साटेको पाइन्छ । हाल महिलाहरु महिला लगानीकर्ता मात्र नभई महिला नेत्री कै रुपमा पनि स्थापित भइसकेको छ । अहिले महिलाहरुको सेयर बजार प्रती प्रोत्साहन गर्नकै लागि विभिन्न सेयर तालिम वा महिला लक्षित कार्यक्रमहरु पनि उतिकै आकर्षणको रुपमा रहेको पाइन्छ । यस्तो तालिममा महिला को सहभागिता उल्लेखनीय रुपमा पाउन सकिन्छ । यसरी सेयर बजारमा महिला केवल घरको भान्सामा मात्र सिमित नभएर सेयर बजारमा पनि उतिकै चाख लाग्दो तरिकाबाट प्रवेश गरिरहेको पाउन सकिन्छ ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com