ताजा समाचार

अग्रवाल सेक्यूरिटीजको शाखा कार्यालय जनकपुरमा,राधा पोखरेलले गरिन उद्घाटन

अग्रवाल सेक्युरिटिज (ब्रोकर नम्बर ६) ले जनकपुरमा पनि शाखा सञ्चालनमा ल्याएको छ । अग्रवालले आइतबारदेखि जनकपुरमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले उद्घाटन गरेकी हुन् ।

उक्त शाखाको उद्घाटन गर्दै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जनकपुरमा मात्र नभएर देशको दुरदराज क्षेत्रमा पनि ब्रोकर अफीस खोल्न आवश्यक भएको बताइन ।

अब जनकपुरका लगानीकर्ताले सहज रुपमा सेयर कारोबार गर्न पाउने उनको भनाई छ । नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर ब्रोकर कम्पनी सञ्चालनमा ल्याउन ८ ब्रोकर कम्पनीलाई प्रारम्भिक स्वीकृत दिएको थियो । उक्त स्वीकृत पाए सँगै अग्रवालले जनकपुरमा शाखा खोलेको हो ।

केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं रहेको अग्रवाल सेक्युरिटिजले यस अघि विराटनगरमा पनि शाखा विस्तार गरिसकेको छ । कार्यक्रममा अग्रवाल सेक्युरिटिजका अध्यक्ष जगदीश अग्रवाल, जनकपुरका पूर्वमेयर ब्रजाम शाहलगायतको उपस्थिति रहेको थियो ।   

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com