क्रिष्टल प्यालेससँग हार्‍यो आर्सनल

क्रिष्टल प्यालेससँग हार्‍यो आर्सनल

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग हार व्यहोरेको छ । क्रिष्टल प्यालेसले आर्सनललाई उसकै मैदानमा ३–२ ले स्तब्ध बनायो ।

क्रिष्टलले १७ औं मिनेटमा क्रिष्टियन बेन्टको गोलबाट अग्रता लिएको थियो । ४७ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर यो बराबरी १४ मिनेटमै तोडियो । किनभने ६१ औं मिनेटमा विल्फर्टको गोलबाट क्रिष्टलले २–१ को अग्रता लियो । ६९ औं मिनेटमा जेम्स म्याकअर्थरले अर्को एक गोल थपेपछि खेल ३–१ को स्थितिमा पुग्यो ।

आर्सनलका लागि ७७ औं मिनेटमा पिएरे एमरिकले गोल गरेर खेललाई ३–२ को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आर्सनललाई क्रिष्टल प्यालेसले ३–२ ले हराउन सफल भयो ।

यो जितसँगै क्रिष्टल प्यालेस १२ औं स्थानमा उक्लिएको छ । आर्सनल ६६ अंकसहित चौथो स्थानमा छ । समान ६६ अंक रहेको चेल्सी पाँचौ स्थानमा छ । लिभरपुल ८८ अंकसहित पहिलो स्थानमा छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com