मृत्युसँग हारेको मानसिकता सार्है विघटनकारी हुदोरहेछ । मृत्युको सामु निरिह बन्दै गइरहेकी थिएँ ।

मृत्युसँग हारेको मानसिकता सार्है विघटनकारी हुदोरहेछ । मृत्युको सामु निरिह बन्दै गइरहेकी थिएँ ।

प्रिय पाठकहरु  ! 

यो पत्र पढेपछि तपाइहरुको मनको तलाउमा पनि ज्वारभाटा उठ्ने छ । भावनाका उत्ताल छालहरू छचल्किने छन् । शब्दमा भए पनि आज म तपाईहरुसँग बेस्सरी पोखिन चाहन्छु । म चाहन्छु, मेरा शब्दहरूले झन् सकस नथपोस् । तपाइहरुका लागि मेरा शब्दहरू आगोका झिल्का नबनून्, शीतका शीतल थोपा बनून् !
मैले यहाँ राजनीतिको कुरा गर्न लागेकी होइन । आजकुरा गर्न लागेकी  आफुले जिवन जिउने क्रममा छिचोलेका कुइनाटा र घुम्तिहरुमा मृत्युमाथि कसरी विजय प्राप्त गरेकी हुँ भनेर ।
लाग्थ्यो, मृत्युलाई जितेपछि सबै कुरा जितिन्छ, तर सत्य चॉहि यति मात्रै होइन रहेछ !  हुन त चाणक्यले भन्छ , आयु, भाग्य, सम्पत्ति, विध्या र मृत्यु यी पाँच कुरा मानिस गर्भमा रहँदा नै निर्माण गरिएका हुन्छन् । जन्मेपछि जतिसुकै बल गरे पनि यी कुरा पाइँदैनन् ।
कुरा सुरूवात गर्छु है त ।

Blogtay


 पाँचौ महिना अर्थात भदौ २२ गते परेको रहेछ म जन्मदा परेको दिन । जुन दिन हिन्दु नारीहरुले तिजको वर्त बसेर आफ्नो सौभाग्य एवं दिघार्युको कामना गर्ने दिन थियो । त्यहि दिनमा त्यहि सौभाग्यवति पत्नि अर्थात मेरि आमा हेमादेवि पोखरेल र आमाले जस्को लागि वर्त बस्ने गर्नुहुन्थ्यो अर्थात मेरो पीता भवनाथ पोखरेलको पाँचौ  सन्तानको रुपमा मैले यस धर्तिमा पदापर्ण गरेकि रहेछु । परिवारकी कान्छी सदस्य मेरो नाम जुरेछ “राधा “
घरमा स्यानी भएकोले सवैको लाडप्यारमा हुर्कदै गरेकि म हजुरीको निधन हुँदा सार्है रोएको थिए रे, सँगै जान्छु नि भनेर ढिपी पनि गरेको थिए रे । मेरो बाबा र काकाहरु सँग रुष्ट पनि थिएँ ! नजलाइदिएको भए मेरो हजुरी बिउँझिनु पो हुन्थ्यो कि भनेर ! 
आफुलाई असाध्यै माया गर्ने हजुरी बित्नु भएपछि म पनि बिरामी बन्न भएछु । र, थला नै परेपछी सामाजिक रुढिवादी परम्परा र अन्धविश्वासका कारण सातो गएको हो भनि झारफुक गर्ने तिर सबै जाना सहमत हुनुभएछ !  त्यहि झारफुकले पनि निको भए जस्तो भएछ क्यारे त्यत्तिकैमा ठिक भएछ  मेरो रोग । त्यसपछि मलाई नजिकैको स्कुलमा भर्ना गरियो । र, म पनि मन लगाएर पढ्न लागे । अरुलाई प्रथम हुने अवसर नै नदिइ अबल विधार्थि भई गुरु र गुरुमाहरुको प्रिय बन्दै थिए ।
यसै दौरानमा फेरी मलाई उहि पुरानै रोगले च्यापेछ । त्यसपछि बाबाले  मलाई स्वास्थ केन्द्रमा  लगेर जचाउनु भयो । त्यहाँ स्वास्थ्य केन्द्रका डाक्टरले के के भने मलाई त्यो त सम्झना छैन तर ५ वटा इन्जेक्सन लाउन खोज्दा मैले सहन नसके पछि २ वटा लाएर छाडिदिए । त्यसले २ वर्ष सम्म त काम गर्यो त्यसपछि रोग फेरी बल्झियो ।  रोग बल्झिए पछि आमाले मलाई रातभर नसुती मेरो हेरचाँह गरेको याद  छ मलाई र बाबाले उपचारको लागि  कैयौं ठाँउ दौडाउनु भएको पनि थाहा छ मलाई ।
साच्चै नै आफ्नो सन्तानको पिडामा आमा बाबा कति चिन्तित हुँदा रहेछन कति कष्ट झेलेर पनि सन्तानलाई सुखी पार्न अग्रसर बन्दारहेछन मैले त्यसैवेला देखि थाहा पाए कि यदि जन्माउनु मात्र आफ्नो कर्तव्य र दायित्व हो भनि आमा बाबाले ठानिदिने हो भने, के कुनै सन्तानले जिवनको अर्थ पहिल्याउन सक्छ होला र ? अह पक्कै सक्दैनन जिवनको अर्थ पहिल्याउन !
जनकपुर सिन्धुली जता जता भौतारिए पनि रोगले आफ्नो स्वरुप देखाउन नसकेपछि मलाई कान्तिबाल अस्पतालमा भर्ना गरियो । १८ दिन सम्म वस्दा पनि यहि रोग हो भनि पत्ता नलागेपछि  डाक्टरले नुन बिनाको अलिनो तरकारी खानु र इन्जेक्सन लाइराख्नु भनेर डिस्चार्ज गरिदिएछन ! नुन बिनाको खाना २५ दिन सम्म त खाँईन , तर कहाँ रुच्थ्यौँ र ! त्यसपछि त हिडडुल गर्न नै असक्षम भएछु ।
यसैबिच गंगालाल हस्पिटलमा केहि भइहाल्छ कि भनेर झिनो आशा सहित पुगियो र चेकअपको दौरानमा डा. दिवाकर शर्माले जे भन्नभयो त्यो वेला म छाँगाबाट खस्न पुगेँ ! एकछिन त मेरो कान मात्रै होइन सासै बन्द भयो । यस्तो कुरा सुनेर पृथ्वी भासिए जस्तै भयो मलाई त्यसबेला । भाउन्न छुट्यो । आँखाबाट आँसु थामिएन !यतिका दिनसम्म पत्ता नलागेको मेरो रोग उहाँले पत्ता त लाइदिनु भएको त थियो तर रोग यस्तो थियो कि म १२ बर्षे वालिका पनि त्रसित बन्न पुगेएकि थिएँ । डा. को भनाइ अनुसार मेरो मुटुको दुईवटा भल्व खराब भएका रहेछन । साथै उपचारमा  धेरै ढिलाई भएर मुटु सुन्नि सकेको र धड्कन धेरै नै बढिरहेको  भन्दै सम्पुर्ण चेकअप पछि १० दिन भित्रमा अप्रेसन गर्नैपर्छ , नगरे राधाको जिवन रहने छैन भनेर एैलान समेत गरिदिनु भयो ।
अन्यथा मैले मृत्युवरण गर्न सिवाय अर्को विकल्प नरहेपछि सास छउन्जेल आस भन्दै सर्जरीको तयारीमा लागियो । र,  अस्पतालमा भर्ना भए ।  अस्पतालको बसाइ मेरो लागि निकै कष्टकर थियो । विभिन्न खाले परिक्षणको क्रममा नर्सहरुले मेरो रगत निकाल्न  सुई घोच्थे । तर  रगत एक थोपा आउन पनि मुस्किल पर्थ्यो ।  मानौँ म एक अस्तिँपन्जर समान थिँए । मेरो रगतहरु सबै सुकिसकेको थियो । रगत विनाको शरिर  लिएर म जिवन जिउने कला सिकिरहेको थिँए । मानौँ मैले मृत्युलाई नजिकबाट नियालि रहेको थिँए । 
जव  सर्जरी गर्ने दिन नजिकिदै जान्थ्यौ कतै म बाँच्दिन कि !  या बाँचिहाले  पनि अपाङतता भएर बाँच्नु पर्ने हो कि ! यस्तै यस्तै शंकाले मनमा डेरा जमाउदै गैइरहेको थियो । मृत्युसँग हारेको मानसिकता सार्है विघटनकारी हुदोरहेछ । विरामीको  मानसिकता बदल्नु भनेको मुर्दामा प्राण सन्चार गर्नुजस्तै हुनेरहेछ । मृत्युको  सामु निरिह बन्दै गइरहेकी थिएँ !
यस्तैमा अपरेसनको अघिल्लो दिन हस्पिटलले मेरो बाबालाई एउटा पत्रमा हस्ताक्षर गर्न लगायो जस्मा लेखिएको थियो ,  छोरीको बाच्ने आधार थोरै मात्र रहेको छ । अप्रेसन गर्दाको बखत छोरीको मृत्यूनै भए पनि मेरो स्विकार्य छ !  भनेर लेखिएको थियो । बाबाले  आँशु चुहाउदै हस्ताक्षर गरिदिनु भयो मेरो सम्भावित मृर्त्युको पन्नामा !  त्यो पत्र जतिपटक हेर्‍यो, त्यतिपटक झनझन आँखाका खोंचहरू आँसुले भरिएर आए । मनभित्र आँधी मात्र होइन, सुनामी नै चल्यो । गिदी उम्लिएर टाउको पड्कनै लागेको बम जस्तै भयो ।

भोलिपल्ट सर्जरीको लागि तयारी गर्दै  मलाई परिवारसँग भेट गर्न सवैको सामु ल्याइयो ! मेरो मुटुमा १० रेक्टरको भूकम्पको कम्पन पैदा भइरहेको थियो ! कसैको मुख हेर्न सक्ने अबस्थामा थिइन म ! सबै जना अनुत्तरित प्रश्न लिएर मलाई हेर्दै हुनुथ्यौ । सायद उहाँहरु यहि अन्तिम भेट हुने  हो कि भनेर सशंकित  पनि हुनुहुन्थ्यौ । कलिलो ममत्वमय ह्रृदयले मेरो पिडा हेर्न नसक्ने भएर होला यतिन्जेल सम्म आमा आउनु भएको थिएन । म आमा सँग भेटै नभइ जाने भए भनेर रुन्थेँ । बाबा मेरो मुख हेर्दै आँखामा आएको आँशु पुछ्न अर्को तिर मुख फेर्नु हुन्थ्यौ ।

उफ ! कस्तो परिवन्द ! कस्तो परिदृष्य ! बाबालाई मलाई के होला भन्ने आशंका मलाई आमासँग भेट नहोला भन्ने पीर ! 

सबैलाई थाहा छ, मृत्यु शास्वत सत्य हो । यो पनि सबैलाई थाहा छ कि, मृत्यु स्वीकार गर्न साह्रै कठीन हुन्छ । अझ आमाबाबुको निम्ति सन्तानको मृत्यु भयानक असैह्य हुन्छ । तर स्वीकार गर्नुको विकल्प पनि त हुँदैन ।

त्यसपछि ३ बजेतिर मलाई सर्जरी टेबुलमा पुर्याइयो र क्रमश: मेरो होस गुम हुँदै गइरहेको थियो त्यसपछि मलाई केहि थाहा छैन ।लामो समय पछी  होसमा आँउदा मुखमा असह्य पिडा भएकोले “ आमा पानी “ भनि  उठ्न खोजे तर उठ्न सकिन ।  शरीर पसिनाले लपक्क भिजेको थियो । म आँखा खोल्न सक्ने अबस्थामा थिइनँ । गहिरो निन्द्राबाट उठे जस्तो  मात्र लागिरहेको थियो । तैपनि बिस्तार बिस्तार जबर्जस्ती आँखा खोलें । जिरो वाटको बल्वले कोठामा मधुरो प्रकाश छरिरहेको थियो । 

 “नानु तिम्रो सर्जरी भैसक्यो “नजिकै बाट यहि ध्वनि गुन्जिरहेको थियो । यो आवाज संगै म मा खुशिको सीमै रहेन् ।  हत्त न पत्त हात खुट्टा चलाउन पुगेछु र थाहै नपाई खुशीका आँशुहरु झर्न पुगेछन् । वस्तवमा त्यतिखेर मेरो जन्म भएको थियो । मृत्यु सँग संघर्ष गरेर म पुनं. जन्मिएकी थिए । हो त्यतिवेला नै मैले मृर्त्युमाथि विजय प्राप्त गरेकि थिँए । यसरी आखिरीमा मृत्युको हार भयो, र जित मेरै भयो !

चाणक्यले भनेजस्तै “ रोगी हुँदा, दुख पर्दा, अनिकालमा र शत्रुबाट खतरा आइपर्दा जस्ले साथ छोड्दैन उ नै भाई – बन्धु भने जस्तै मलाई  जन्माई हुर्काई हरेक पिडामा सँधै मलम वनिदीने श्रद्धेय आमा बाबा , दिदी भिनाजुहरु, दादा भाउजु, आदरणीय आफन्तजनहरु, मलाई असाध्यै माया गरेर मलाई बचाउन अहोरात्र लागीपर्ने दाई दीदीहरु , मेरा साथी संगी, र विशेष गरी मृत्युवाट पुन: जिवन प्रदान गरिदिनु हुने डाक्टर र नर्स धन्यवादको पात्र हुनुहुन्छ मेरो लागि ।

यो घटनालाई जीवन – यात्राको एक अमूल्य सम्पतिको रुपमा लिएको छु मैले । निश्चय नै शारीरिक रुपमा केही परिवर्तन आएको छ , तर मानसिक रुपमा म अझ स्पातिलो भएको छु ! “म पनि यही समाजमा जन्मी-हुर्की गरेकी एउटी सामान्य केटी हुँ । नेपाली समाजमा सामान्य केटीहरूमा जे सपना हुन्छ, मभित्र पनि त्यो सपना थियो । तर, अहिले मेरो सपना अलि फरक छ । मेरो शारीरिक कारणले गर्दा बिस्तारै म मानसिक रूपमा अर्कै ठाउँमा पुग्दै छु ।

प्रिय पाठकहरु नढाँटी भन्नुपर्दा नाफामा प्राप्त यो जिन्दगीलाई स्वतन्त्रतापूर्वक भरपूर आनन्दी मनले समाजसेवा गर्न चाहन्छु । बन्धनयुक्त वैराग्यपूर्ण जिन्दगी स्वीकार्य छैन मलाई । यसको मतलब भिक्षुणी मेरो आदर्श पनि होइन । म स्वतन्त्रताको आकाशमा संघर्षको पखेटा फट्फटाएर निर्बन्ध कावा खान चाहन्छु ।

Blogtay

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com