शेयर लगानीकर्ताका नेताले उत्साहित हुँदै भने-आजसम्मकै सबैभन्दा राम्रो बजेट

शेयर लगानीकर्ताका नेताले उत्साहित हुँदै भने-आजसम्मकै सबैभन्दा राम्रो बजेट

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट मार्फत पूँजीगत लाभकर साढे सात प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झारेपछि शेयर लगानीकर्ताहरुले हर्षित हुँदै बजेटको स्वागत गरेका छन् ।

-संरक्षणा चौधरी(अध्यक्ष)- नेपाल पूंजीबजार संघ

समग्र मा भन्नू पर्दा पूंजीबजार को निम्ति उठेका कुरा हरु सबै राम्रो नै छ्न । बैंक तथा बितिय सस्था हरु लाई बिग मर्जर को कुरा राम्रै हो तर बिग मर्जर मा जाने सस्थालाई छुट र सुबिधा भएन । अन्लाईन प्रणालीलाई व्यव्स्थित ढंगबाट अगाडि बढाइने कुरा राम्रो हो । त्यो बाहेक बिधुतिय प्रणालीलाई सुरक्षीत बनाउने व्यवस्था गर्नु राम्रो पक्ष हो । पूंजीगत लाभकर ७.५ बाट ५% मा झारिएको छ । लगानीकर्ता को लागि यो भन्दा ठूलो कुरा अरु केही हैन । तेसै गरि दोस्रो बजारमा लगानी गर्ने इच्छुक एनआरएन लाई लगानीको वातावरण सिर्जना गरि पूंजीबजारलाई फराकिलो बनाइने हुदा समग्रमा पूंजीबजार को निम्ति बजेट राम्रै हो । पूंजीबजारमा सुधारका क्रम हरु जारी रहेका ले हाम्रो सम्पुर्ण लगानीकर्ताहरु एस्लाइ राम्रै सङ्ग स्वागत गर्दछौ । दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढी को हकमा स्थायी लेखा गर्ने बारे गरिएको कुरा पनि राम्रै हो ।


-राधा पोखरेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ

माननिय अर्थ मन्त्री डा. यूवराज खतिवडा ज्यूले दुबै सदनमा आज प्रश्तुत गर्नु भएको आ. ब. २०७६/०७७ को बजेटबाट पूँजी बजारलाई सुधार र ब्यवस्थित गर्नका लगी तपसिल वमोजिमका कदम चाल्नु भएको हुँदा हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघको साथै मेरो ब्यक्तिगत तर्फबाट समेत स्वागत गर्न चाहन्छु । साथै हाम्रो संघले धेरै पहिला देखि उठाउदै आएका धेरै वुदाहरु वजेटमा समाबेस भएका छन् । वजेटमा समाबेस हुन नमिलेका बुदाहरु आगामी आ. ब. मा राष्ट्र बैंकले जारी गर्ने मौद्रिक निति मार्फत सम्बोधन हुने कुरामा हामि आशावादी रहेका छौ ।

बजेट मार्फत पूँजी बजारका लागी चाल्नु भएका सुधारका कदमहरु :-
१) सेयर कारोवार गर्ने प्राकृतिक ब्यक्तिलाई पूँजीगत लाभ कर ५% कायम गरिएको छ ।
२) घितो पत्रको दोस्रो बजारमा निश्चित रकम भन्दा बढीको कारोबार गर्ने लगानीकर्तालाई प्यान सहितको विवरण नेप्से तथा सिडिएससीको राफसाफ प्रणालीमा आबद्ध गरिने छ ।
३) धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जको संस्थागत सुधार गरिनेछ ।
४) बैंकहरुलाई विग मर्जरमा लान प्रोत्साहित गरिनेछ ।यस किसिमको मर्जर निति बिमा कम्पनीहरुलाई समेत लिईने छ ।
५) गैर आवासिय नेपालीलाई धितोपत्र कारोबारको दोस्रो बजारमा लगानी गर्न दायरा फराकिलो बनाईने छ ।

-छोटेलाल रौनियार (अध्यक्ष)- नेपाल इन्भेष्टर फोरम

अहिलेसम्मका कुनै पनि अर्थमन्त्रीले बजेटमा पुँजीबजारलाई प्राथमिकता दिनु भएको थिएन, अहिले हाम्रो माग पुरा भएको छ, हामी बजेटको स्वागत गर्छौ’ । लगानीकर्ताले लामो समयसम्म आन्दोलन गरेर माग गरेका कुराहरु अहिले बजेट मार्फत नै सम्बोधन छ ।  यो लगानीकर्ताको आन्दोलनको जित भएको छ । साथै कर्मचारीको तलव र वृद्धभत्ता बढ्दा त्यो रकम बचत भएर पुँजीबजार मै आउने भएकोले त्यो पनि सकारात्मक पाटो भएको छ । 

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com