ताजा समाचार

छिमेक लघुवित्तको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छिमेक लघुवित्त वित्तीय संस्थाको ४०% लाभांश सुरक्ष्ति गर्ने आइतबार (वैशाख १५ गते) अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि छिमेकले वैशाख १६ सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ। यसर्थ, आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । साधारण सभा वैशाख ३० गते होटल सामना प्रालि, मकवानपुर हेटौंडामा बिहान १०ः३० बजे सुरु हुनेछ । 

कम्पनीले ४०% लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो । छिमेकले १८% बोनस सेयर र २२% नगद लांभाश दिन लागेको हो । कुल २२ करोड रुपैयाँ नगद लांभाशका रुपमा वितरण गरिनेछ । यस्तै, बोनस सेयरका लागि १८ करोड रुपैयाँ खर्च गर्नेछ ।

यसअघि राष्ट्र बैंकले छिमेकलाई लाभांश वितरण गर्न रोक लगाएको थियो । तर केन्द्रीय बैंकले निरीक्षण गरी औंल्याएका कैफियतहरु सुधार गरी पुनः विवरण पेश गरेपछि भने छिमेकले लाभांश वितरणका लागि स्वीकृति पाएको हो । 

यता, आर्थिक वर्ष २०७४–७५ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ । यो बोनस सेयर पश्चात छिमेकको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

स्रोत : नेपाली पैसा डट कम

WP Facebook Auto Publish Powered By : XYZScripts.com