ताजा समाचार

सिटिजन्सको १० करोड इकाई म्युचुअल फन्ड बिहीबारदेखि खुल्ने

सीबीआइएल क्यापिटलले बिहीबार (जेठ ९ गते) देखि  ‘सिटिजन्स म्युचुअल फन्ड-२’ को १० करोड इकाई बिक्री गर्दैछ । फन्डले १५% (१ करोड ५० लाख) इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।    यसमा जेठ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार ८ गतेसम्म आवेदन खुला रहनेछ । सिटिजन्स म्युचुअल फन्ड-२ मा न्यूनतम १०० इकाईदेखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।    यस फन्डको इकाईमा लगानीकर्ताले सिटिजन्स बैंकको देशभरका शाखा तथा सीबीआइएल क्यापिटल, बाटुलेघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।   फन्डको व्यवस्थापक सीबीआइएल क्यापिटल रहेको छ । सीबीआइएलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो स्कीम हो । हाल सिटिजन्स म्युचुअल फन्ड-१ सञ्चालनमा रहेको छ ।

स्रोत : नेपाली पैशा डट कम

WP Facebook Auto Publish Powered By : XYZScripts.com