Copy Url

कपडा बैंक भक्तपुरमा पनि

कपडा बैंक भक्तपुरमा पनि

भक्तपुरको हनुमानघाटस्थित श्री बाल सेवक आधारभूत विद्यालयको प्राङ्गणमा फ्युजन नेपाल र पद्म ज्योति फाउन्डेसनको सहकार्यमा कपडा बैंकको उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द खाईजुको प्रमुख आतिथ्यमा कपडा बैंकको उद्घाटन भएको हो । कार्यक्रममा फ्युजन नेपालकी अध्यक्ष लक्ष्मी गौतम, नेपाल मेघा कलेजका सोसियल वर्कका प्रमुख सबिन लामिछाने, फ्युजन नेपालका सदस्य तथा नव गायक आशिश डांगी र लोक तथा दोहोरी गायक एंव संचारकर्मी गायक शरण हुमागाई साथै काभे्र प्रवाह साप्ताहिकका नवराज हुमागाईको पनि उपस्थिती थियो ।

कपडा बैकबाट आफूलाई चाहिएको कपडा लैजान सकिने आफूलाई नचाहिएको तर प्रयोगमा आउने कपडा लगायतका सामानहरु छोडन सकिनेछ । कपडा याक स्कुल प्रङगणमा रहेको छ । कपडा दिन र लिन इच्छुक व्यक्तिले स्कुल समयमा आउन सक्नेछन् । कपडा बैैैंक अभियन्ता फ्युजन नेपालकी प्रमुख लक्ष्मी गौतमले कपडा बैंकमा कपडा मात्र नभएर जुत्ता र खेलौना पनि राखिने भन्दै त्यसका  लागि सहयोग गर्न आग्रह गरिन ।

Blogtay

स्कुलका अध्यक्षले स्वागत मन्तब्य राख्दै सुरु भएको सो कार्यक्रममा गायक आशिश डांगीको साङगितिक प्रस्तुती एवम अतिथिहरुले आफ्नो विचार व्यत्त गरेका थिए ।

हेराै थप तस्विरहरू


nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com