गुराँस लघुवित्तको आईपिओ खुल्यो, एक हजारमै गर्नुहोस् आवेदन

गुराँस लघुवित्तको आईपिओ खुल्यो, एक हजारमै गर्नुहोस् आवेदन

गुराँस लघुवित्त (GLBSL) ले बैशाख १६ गते सोमबार देखि सर्वसाधारणको लागि सर्वसाधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। लघुवित्तले २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशनमा ल्याएको हो

कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । 

लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिनेछ ।

लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत छिटोमा बैशाख २० गते र ढिलोमा जेठ १४ गते सम्म आबेदन गर्न सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईपिएल एस क्यापिटल रहेको छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com