Copy Url

हिमाल दोलखा हाइड्रोपावरको ७६.७२ लाख कित्ता आईपीओमा आजबाट आवेदन खुला

हिमाल दोलखा हाइड्रोपावरको ७६.७२ लाख कित्ता आईपीओमा आजबाट आवेदन खुला

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा आज बुधबारबाट आवेदन खुला गरिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हिमाल दोलखाले प्रतिकित्ता १०० दरका  ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको बिक्री खुलाएको हो । यसमा १ लाख ५३ हजार ४४४ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । 
आईपीओका निष्कासन बन्द हुने मिति छिटोमा असार २९ गते र ढिलामा साउन २४ गतेसम्म हुने कम्पनीले जनाएको छ । 

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।  

यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधारहरु जनाउने ‘केयर–एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ । 

कम्पनीले चुक्तापुँजीको ४८।७५ प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com