गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली

गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन् । युरोप भ्रमणवाट फर्के लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सास्कृतिक र ऐतिहासिक धरोहर र परम्परामा जानेर नजानेर असर लागेको रहेछ भने सरकारले त्यसलाई सच्चाउने बताएका हुन् ।

सरकारले जनताको मन दुखाउन नचाहेको उनको भनाइ थियो । जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने उनको प्रतिबद्धता थियो । प्रधानमन्त्री ओलीले जनतालाई सर्वोपरी मानेर जनताको चाहना अनुसार नै सरकारले काम गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले गुठीका गरिबमाथि भने शोषण भैरहेको दावी गरे । उनले प्रतिपक्ष दल कांग्रेसप्रति लक्षित गर्दै विरोधको मौका नछोप्न आग्रह पनि गरे ।

सरकारले जनताको हितमा काम गर्ने प्रधानमन्त्री ओलीले दोहोर्‍याए । आफ्नो सरकार जनताको मन दुःखाउन नभई मन हसाउन बनेको उनको भनाइ थियो ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com