Copy Url

सेयरको लगानी डुब्न नदिन संरक्षणा चाैधरीकाे लगानी टिप्स

सेयरको लगानी डुब्न नदिन संरक्षणा चाैधरीकाे लगानी टिप्स

बजार अस्वाभाविक रूपमा घट्ने वा बढ्ने भन्ने हुदैन ।बजार निरन्तर घटी रह्दा कतिपयले यसलाई सरकार परिवर्तनको दोष दिएका थिए भने कतिपयले अब बजार घट्छ भनेका थिए । लगानीकर्ताहरुमा पनि अब बजारले बियरिस ट्रेन्ड लिदै छ भन्ने मनोबैज्ञानिक असर परेको थियो । जसका कारण बजारमा गिरावट आउन थाल्यो । सगरमाथा चढ्न जति गाह्रो हुन्छ सायद सगरमाथा बाट झर्न त्यो भन्दा धेरै सजिलो हुन्छ । बजारमा पनि यहि नियम लागू हुन्छ । लगानीकर्ताहरु बिना सीप र तालिम जुन सुकै कम्पनीमा लगानी गर्न तयार हुन्छन् । उनीहरुको मष्तिकमा केबल नाफा कमाउने र कसरी उम्कने भन्ने कुरामा बढी ध्यानाकर्षण भएको हुन्छ । लगानीकर्ताहरुले यदि केही समय खर्चेर राम्रो कम्पनीको बारेमा बुझेर लगानी गरेको भए सायद बजार घट्दा पनि उनिहरुलाई खासै कुनै कुराले फरक पार्दैन थियो होला । जुनसुकै व्यव्साय सन्चालन गर्न मैले नै यसको घाटा व्यहोर्नु पर्छ भने झै बजारमा पनि लगानी गर्दा स्वयम् लगानीकर्ताले नै त्यसको घाटा व्यहोर्नु पर्छ ।

Blogtay

तेस्तै बजार निरन्तर रुपले ओरालो लागेको छ भने पनि बजारमा कसरी स्टप लस कभर गर्ने भन्ने कुरालाई बुझ्नु जरुरी छ । हल्लै हल्ला को भरमा चल्ने बजार माथि यदि कुनै एक राम्रो कम्पनी छानेर त्यसमा लगानी गरेको भए त्यस्ता बजारमा चल्ने हल्लाले पक्कै पनि लगानीकर्तालाई हल्लाउने थिएन। बजारको एउटा सामान्य नियम छ ” बजार घट्दा सेयर किन्ने र बजार बढ्दा सेयर बेच्ने” अर्थात बढ्दो बजारमा सेयर किन्ने र घट्दो बजारमा सेयर बेच्ने। तर कतिपय लगानिकर्ताहरु बढ्दो बजारमा हात हाल्छ्न र महँगो मुल्यमा सेयर किन्छन् जस्ले गएर पछि उनीहरुलाइ ठूलो नोक्सान हुन तर्फ धकेलिरहेको हुन्छ । लगानी गर्ने जो सुकै लगानीकर्ताले बजारमा प्रवेश गरे पछि धैर्य भने अपनाउनु पर्दछ । बजार हो बजारमा घट्ने र बढ्ने त निरन्तर चली नै रहेको हुन्छ । यसकारण बजारमा लगानी गर्दा सावधानी भने अपनाउनु नै वेश हुन्छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com