ताजा समाचार

मध्यपुर थिमि नगरपालिकाको बिशेष नगर सभा अवैधानिकः नगरप्रमुख श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकामा भएको बिशेष नगर सभा अवैधानिक भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले बिधि र प्रक्रिया भन्दा बाहिर गएर बहुमतको दम्भका आधारमा गरिएको बिशेष नगरसभा अवैधानिकता भएको आरोप लगाएका हुन् ।

४५ जनप्रतिनिधिमध्ये ३५ जनप्रतिनिधिहरुले दुई तिहाईको दम्भ देखाउँदै प्रदेशसभाले ल्याएको कानुन बिपरित बिशेष नगरसभा सम्पन्न गरिएको प्रति आफ्नो आपत्ति रहेको उनले बताए ।

कानुनी संवत नगरसभा स्थगन गरिएको सूचनालाई च्याती उपप्रमुखको अध्यक्षतामा सम्पन्न गरिएको बिशेष नगरसभाले गलत नजिर बसेको भन्दै उनले भने, यसले समग्र नगरको बिकास तथा कानुनी झन्झट निम्ताएको छ ।

बहुमतको पहुँचमा अन्य जनप्रतिनिधिले प्रमुखको अधिकार भन्दा पनि माथि रहेर आफ्नो काम गर्नु पाउनु पर्छ भन्ने सोचको हावीले समेत जटिल परिस्थिति श्रृजना भएको श्रेष्ठको भनाई छ ।

बिभिन्न स्थानमा गरिएका नियुक्तिहरु कानुन अनुसार नै भएको र नगर प्रमुखले आर्थिक हिनामिना गरेको आरोपहरु गलत भएको र यसलाई पुष्टि गर्न समेत प्रमुख श्रेष्ठले चेतावनी दिए ।

अवको निकास भने सहमती र समझदारी बाहेक अरु नभएकाले थिमि नगरपालिकाको बिकासका लागि दलिय स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्नेमा उनले जोड दिए ।

याे पनि पढनुहाेस ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com