Copy Url

बिवादै बिवाद बीच मध्यपुर थिमि नगरपालिकाको बिशेष नगरसभा सम्पन्न

बिवादै बिवाद बीच मध्यपुर थिमि नगरपालिकाको बिशेष नगरसभा सम्पन्न

बिवादै बिवाद बीच मध्यपुर थिमि नगरपालिकाको बिशेष नगरसभा आज सम्पन्न भएको छ ।

आज बिहान ११ बजेको समयमा बोलाइएको विशेष नगर सभा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विशेष कारणले २ बजेसम्मका लागि स्थगित गरेको जानकारी सबै जनप्रतिनिधिलाई दिएका थिए । त्यसपछि २ बजेपछि पनि बैठक सञ्चालन हुने नदेखिएपछि उपप्रमुख अञ्जना देवी मधिकर्मीको अध्यक्षतामा बिशेष नगरसभा बसेको हो ।

बहुमत रहेको काँग्रेसका तर्फ बाट निर्वाचित भएका जनप्रतिनिधिको भनाईलाई बेवास्तै गर्दै पेलेरै काम गर्दै आएको आरोप लागेका प्रमुखले आफ्नो मनपरि तन्त्रलाई बढवा दिएका कारण बिशेष नगर सभा आह्रवान गर्नु परेको उप प्रमुख मधिकर्मीले बताईन् ।

बिशेष नगरसभामा बोल्दै छ नं वडाका जनप्रतिनिधि हरि दास श्रेष्ठले बिगतदेखिनै उठान गर्दै आएका बिबिध पाँच बुँदालाई यक्षरस पालाना गर्नु पर्नेमा जोड दिएको छ ।

नगरसभा समापनसँगै काँग्रेसबाट प्रतिनिधित्व गरेका नगरपालिकाका बहुमत जनप्रतिनिधिले पत्रकार सम्मेलन गर्दै विशेष नगर सभाले पारित गरेका विषयले वैधानिकता पाउनु पर्ने यदि वैधानिकता नपाए नगरपालिका र वडाका सम्पूर्ण कार्यालयमा तालाबन्दी गरि आन्दोलन गर्ने वडा नं २ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापा मगरले जानकारी दिए ।

मध्यपुर थिमिमा नौ वटा वडा रहेको र जसमा नेपाली काँग्रेसका तर्फबाट ६ र नेकपाका तर्फ बाट एक र नेमकिपाको एकसँगै एक स्वतन्त्र वडा अध्यक्ष बिजयी भएका थिए भने नगर प्रमुख नेकपा र उप प्रमुख नेपाली काँग्रेसका तर्फ बाट बिजयी भएको थिए ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com