मौद्रिक नीति आज अपराह्न ४ बजे सार्वजनिक हुँदै

मौद्रिक नीति आज अपराह्न ४ बजे सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आज अपराह्न ४ बजे सार्वजनिक गर्ने भएको छ । 
होटल र् याडिसनमा एक कार्यक्रमको आयोजना गरी मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । 

मौद्रिक नीतिलाई पारित गर्न आज बिहान नेपाल राष्ट्र बैंकले पूर्ण बोर्ड बैठक डोकेको थियो । बैठकले मौद्रिक नीतिको मस्यौदा पारित गरेसँगै नीति सार्वजनिक गर्ने समय तय भएको हो ।

यसपटकको मौद्रिक नीति गत वर्षभन्दा ढिलो आउने भएको छ । 
बैंकहरुबीचको बिग मर्जरका विषयमा समयमै सहमति हुन नसक्दा मौद्रिक नीति ढिलो आउन लागेको हो । 

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com