नबिल ब्यालेन्स फण्ड–२ को इकाईमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

नबिल ब्यालेन्स फण्ड–२ को इकाईमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले निष्काशनमा ल्याएको सामूहिक लगानी कोषको इकाई नबिल ब्यालेन्स फण्ड २ (NBF2) मा आवेदन गर्ने जेठ ३ गते शुक्रबार अन्तिम दिन रहेको छ ।

नबिल इन्भेष्टले गत बैशाख ५ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड बराबरको १२ करोड इकाई सार्वजनिक बिक्रीमा ल्याएको थियो।

निष्काशित १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

एक हजार मै भर्न पाइने

दश वर्ष अवधिको यस फण्डको इकाईमा प्रतिइकाई दश रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम एक करोड २० लाख इकाई अर्थात १२ करोड रुपैयाँसम्मको आवेदन गर्न सक्नेछन् ।

दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्। उक्त इकाईको बिक्री शुक्रबार कार्यालय समय पश्चात बन्द हुनेछ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com