Copy Url

नेपाल पुँजीवजार लगानीकर्ता संघको अध्यक्षको रुपमा कार्यभार सम्हालेको आज एक वर्ष पुरा भएको छ । वर्ष दिनमा हजुरहरुवाट पाएको मायाँको ऋणी छु !

नेपाल पुँजीवजार लगानीकर्ता संघको अध्यक्षको रुपमा कार्यभार सम्हालेको आज एक वर्ष पुरा भएको छ । वर्ष दिनमा हजुरहरुवाट पाएको मायाँको ऋणी छु !

आजवाट मैले जिम्मेवारीले पाएको एक वर्ष पार गरेको छ । यस अवधिमा NPL संघवाट भएका कार्यहरुको विवरण यहाँहरु समक्ष सर्वविधितै छ ।

जिम्वेवारी गर्ने क्रममा छिचोलेका घुम्तिहरु पक्कै पनि सम्झना लाएक छन मेरा लागि । जिन्दगीको यात्रामा वैरिले प्रहार गरेका अपमानका ढुङ्गाहरु पनि सम्हालेर राखेकी छुँ ! कहिले काँहि बाटाको खाल्टाखुल्डी पुर्न तिनै ढुङ्गाहरु काम लाग्ने रैछन् !

म यस्तो देशको नागरिक हुँ जहा कुलमानले त रुन पर्छ भने म त भर्खरै वामे सर्दै गरेकी नारी हुँ ! त्यसैले अरुले आफ्नो वारेमा के भन्छन, त्यस्को पछि नदौडी सत्यको पछि लाग्ने गरेकी छु ।

नारी अझ जनमानसमा मुटुमा समस्या हुनेहरूको आत्मवल कमजोर हुने जुन मानसिकता छ, त्यसलाई म गलत सावित गर्न चाहन्छु । किनकि, मैले कहिल्यै जिवनमा हिम्मत हारेकी छैन । त्यो सबै चिर्दै लगानिकर्ताको हितको लागि अगाडि बढ्नेछुँ ।

समय व्यतित हुने क्रममा थप जिम्वेवारी थपिएको आभाष गर्दैछु । यस अभियानमा मलाई साथ दिई मेरो मनोवल उच्च बनाइदिने मेरा NPL पदाधिकारीहरु, प्रदेश संयोजक, सह-संयोजक, जिल्ला संयोजक, सह-संयोजक, सदस्यहरु, अग्रजहरु, ब्रोक्रहरु, लगानीकर्ता महानुभावहरु लगायत सम्पूर्ण संचारकर्मि मित्रहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै सहयोगका लागि सबै प्रति हृदय देखि नमन ! आगामी दिनहरूमा हजुरहरुकै अमुल्य सहयोग, सुझाव अनुसार अघि बढ्ने प्रण गर्दछु । साथै यसै गरी यहाँहरुको साथ, सहयोग र मायाँ सँधैभरी पाईरहुँ ।

अन्तमा , आगामी श्रावण १८ गते शनिवार काठमाण्डौमा राष्ट्रका प्रभुद्ध व्यक्तित्वहरु र सरोकारवालाहरु माझ सेयर बजार संग सम्बन्धित वृहत अन्तरकृया र हाम्रो संघको बार्षिक साधारण सभा समेत हुने जानकारी गराउन चाहन्छु । सो कार्यक्रममा हाम्रो संघ संग आबद्ध रहनु हुने महानुभावहरुका साथै शुभचिन्तक, शुभेच्छुक,लगायतको उल्लेख्य उपस्थितीको लागी समेत आव्हान गर्दछु । कार्यक्रमको आधिकारीक जानकारी केही दिन पछी सार्वजनिक गर्नेछु । धन्यवाद ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com