Copy Url

सबैको लघुवित्तको आइपीओ साउन १ गते खुल्ने

सबैको लघुवित्तको आइपीओ साउन १ गते खुल्ने

सबैको लघुवित्त वित्तीय संस्थाको साउन १ गते देखि ५ लाख ३० हजार कित्ता आइपीओ खुल्ने भएको छ । यसमध्ये ८२५० कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै, २६५०० कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ४९५२५० कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सबैको लघुवित्त को आइपीओ साउन १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट यो आइपीओमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

आईसीआरए नेपाल लिमिटेड ले ग्रेड 4 प्रारम्भिक सार्वजनिक प्रस्ताव प्रदान गरेको थियो।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com