ताजा समाचार

सगरमाथा इन्सुरेन्सको ८६% बोनस सेयर दिने घोषणा

सगरमाथा इन्सुरेन्सले ८६% बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँमा ८६% बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित बोनस सेयर बिमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । साधारण सभाले अनुमोदन गरेपछि मात्र बोनस वितरण हुनेछ । बोनस वितरणपछि सगरमाथाको चुक्ता पुँजी १ अर्ब १२ लाख २२ हजार ९३४ रुपैयाँ पुग्नेछ ।

स्रोत : नेपालि पैसा डट कम

WP Facebook Auto Publish Powered By : XYZScripts.com