सामाजिक सन्जाल मा रुम्लिएका हामी – संरक्षणा चौधरी

सामाजिक सन्जाल मा रुम्लिएका हामी – संरक्षणा चौधरी

सोसल मिडिया अनि पोस्ट आफ्नो कुनै पनि बिचार बिमर्श या त सुझाव राख्ने वा रिस पोख्ने राम्रो माध्यम बनेको छ सामाजिक संजाल अर्थात सोसल मिडिया । कुनै खुसीका पल होस या त दुखका कुराहरु , हरेक माध्यम सङ्ग सामाजिक संजाल जोडिएको छ । गाँस , बास , कपास झै मानव जीवन मा सामाजिक संजाल एउटा अभिन्न अङ्ग भए झै महसुस गर्न थालेका छ्न । साना साना कुरा राखने भाडा झै भएको छ सोसल मिडिया । जति नि व्यस्त भएता पनि हामी हरदम हरपल सोसल मिडिया सङ्ग आवद्ध भएका छौ । टाढा टाढा रहेका आफन्त साथीभाइलाई नजिक बनाउने माध्यम का रुपमा सोसल मिडिया लाई लिन सकिन्छ ।

सस्तो मुल्यमा , दुरुस्त सेवाले गर्दा मानिसहरुको आकर्षण यस प्रती बढ्दो रूपमा पाउन सकिन्छ ।अझै युवावर्गमा समय कटाउने राम्रो तरिकाको रूपमा फेस्बुक अन्य सोसल मिडियाको तुलनामा राम्रो मानिएको छ । छोटो एक समयमा कुनै व्यक्तिको बारेमा फेस्बुक बाट सजिलै जानकारी लिन सकिन्छ वा पाउन सकिन्छ । सोसल मिडिया अर्थात फेस्बुकमा हामी विभिन्न किसिमका पोस्टहरु राख्ने गर्छौ । ती पोस्टहरु केही रमाइला , केही सुखदुःखका या त केही सुचनामुलक हुने गर्दछ । तर केही यस्ता पोस्टहरु पनि हुन्छ्न जस्ले हामी प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । के सामाजिक संजालमा लेखिएका वा देखिएका पोस्टहरुले हामीलाई असर गर्छ र ? भर्खर केही समय अगाडिको कुरा हो केही व्यक्तिहरु वा भनौ केही फेस्बुकमा आबद्ध व्यक्तिहरु मिलेर सामाजिक कार्यहरु गरेका फोटोहरु पोस्ट गरेका थिए । कमेन्टहरुको तारिफ सुनी साध्य थियो । तेस्तै अस्ति भर्खर को मात्र कुरा हो…असारको रोपाइ को बहाना एक जना मोडल ले अलिक समाजलाई नपच्ने फोटाहरु पोस्ट भएको थियो …त्यो मोडोल को चौतर्फी रुपमा बिरोध भएको थियो …। हामी प्राय सामाजिक संजालमा सकारात्मक भन्दा पनि नकारात्मक कुराहरु तर्फ बढी आकर्षित हुने गर्छौ या भनौ तेस्मा छिटोभन्दा छिटो मान्छे ले अन्य को तुलनामा प्रतिक्रिया जनाउने गर्दछ ।

फिल्मी कलाकार देखि राजनीतिक पार्टी सम्म सामाजिक संजाल जोडिएको छ । कलाकारहरु आफ्नो फिल्मी अभिनय को प्रचारप्रसार सबै सामाजिक संजाल मार्फत नै गर्ने गर्दछन । त्यस्तै राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरु पनि आफ्नो पार्टीको गतिविधिहरुका लागि पनि सामाजिक संजालमा जोडिन रुचाउँछन् । भर्खर केही समय अगाडि मात्र सिरिन्ज आतंक भएको थियो जस्को प्रत्यक्ष प्रभाव महिला दिदिबहिनीहरुलाई परेको थियो । सिरिन्ज आतंकको विरुद्धमा सारा सोसल मिडिया केन्द्रित थियो या भनौ येस्को विरुद्ध आवाज उठेको थियो । सामाजिक संजाल वा सोसल मिडियाको शक्ति साच्चै नै धेरै छ जस्को कल्पना हामी गर्न पनि सक्दैनौ ।

भर्खर मात्र फिर्ता लिएको गुठी विधेयक पनि सामाजिक संजालमा चौतर्फी बिरोध का कारण लिइएको हामी सबैलाई थाहा नै छ । सामाजिक संजालले मानिसलाई साच्चै नै एकोहोरो बनाएर राखेको छ ।


– संरक्षणा चौधरी

कुनै पनि साना ठुला कार्यका लागि सोसल मिडिया आफैमा अघि बढेको छ । सोसल मिडिया आफैमा सकारात्मक वा नकारात्मक भन्ने हुदैन । सोसल मिडिया कस्ले चलाएको छ वा कुन हिसाब ले युज भएको छ भन्ने कुराले महत्त्व राख्ने गर्दछ । बाकी अब सोसल मिडिया र पोस्ट त कस्ले कस्तो लेखेको छ र हेर्ने ले कुन दृस्ठिकोणबाट हेरेको छ भन्ने कुरामा भर पर्छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com